Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

३४ बन्धकलाई रिहा गर्न हमास तयार, विपीनको अवस्था के होला ?

३४ बन्धकलाई रिहा गर्न हमास तयार, विपीनको अवस्था के होला ?


  • 1.4K
    Shares

    ३४ बन्धकलाई रिहा गर्न हमास तयार, विपीनको अवस्था के होला ?
    images

    काठमाडौं । गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धक रिहा गर्न हमास सहमत भएको छ। हमासका एक वरिष्ठ अधिकारीले रहा गरिने ३४ जना बन्धकको सूची दिएको बीबीसीले जनाएको छ।

    यीमध्ये कतिजना बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन। सूचीमा १० जना महिला पनि छन्। हमासले सूचीमा रहेका धेरै बन्धक बिरामी रहेको बताएको छ।

    तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकको सूची अझै उपलब्ध नगरेको बताएको छ।यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको बताएको थियो।

    इजरायलले गाजापट्टीमा आक्रमण बढाएका बेला फेरि युद्धविराम वार्ता सुरु गरिएको हो। आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले विगत २४ घण्टामा भएका आक्रमणमा ८८ जनाको ज्यान गएको बताएको छ।

    नेपाली विद्यार्थी विपीन जोशीलाई पनि हमासले बन्धक बनाएको छ । रिहा गरिने भनिएको उक्त ३४ बन्धकको सूचीमा विपीनको नाम भए/नभएको स्पष्ट छैन ।

     

    प्रकाशित मिति :पौष २२ २०८१ सोमवार - १०:५३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij