Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सुदूरपश्चिमका सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने निर्णय

सुदूरपश्चिमका सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने निर्णय


  • 1.7K
    Shares

    सुदूरपश्चिमका सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने निर्णय

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने निर्णय लागू गरेको छ। आइतबारदेखि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सबै सरकारी अस्पतालमा निःशुल्क रगत सेवाको सुरूवात गरेका हुन्।

    मुख्यमन्त्री शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले सेती प्रादेशिक अस्पतालमा उपचारत निर्मल चौधरीका आफन्त रोशन चौधरीलाई निःशुल्क रगत हस्तान्तण गर्दै उक्त सेवाको सुरूवात गरिएको हो।मुख्यमन्त्री पदको पदभार ग्रहण गर्दै प्रदेशभर निःशुल्क रगत व्यवस्था गर्ने निर्णय गरिएको थियो। सोही निर्णयको कार्यान्वयन गर्दै  प्रदेशभरका सबै सरकारी अस्पतालमा निशुल्क रक्त सेवा सुरू गरिएको मुख्यमन्त्री शाहले बताए।

    प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएको छ। अब निःशुल्क रगत पाउँदा बिरामी लाभान्वित हुने सामाजिक विकास मन्त्री मेघराज खड्काले बताए।मुख्यमन्त्री शाहले उपाध्यायलाई कदरपत्र प्रदान गर्दै स्वास्थ्य दूत नियुक्त भएकोमा शुभकामना दिएका थिए। उपाध्यायले १०७ पटकसम्म रक्तदान गरेका छन् ।

     

    प्रकाशित मिति :पौष २१ २०८१ आइतवार - १५:१६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij