२०८२ भाद्र २ गते सोमवार
अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ६६ हजार ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख ६९ हजार ९८० पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म २ करोड ४४ लाख २३ हजार ५८९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६८ लाख ७० हजार ७९८ जनामध्ये ९ हजार २१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७४० संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ७५ हजार ५९३ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij