Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

गाजामा भिषण इजरायली आक्रमणमा आठ बालबालिकासहित १९ जनाको मृत्यु

गाजामा भिषण इजरायली आक्रमणमा आठ बालबालिकासहित १९ जनाको मृत्यु


  • 1.4K
    Shares

    गाजामा भिषण इजरायली आक्रमणमा आठ बालबालिकासहित १९ जनाको मृत्यु
    images

    काठमाडौं ।  गाजाका उद्धारकर्ताहरूले शनिबार प्यालेस्टिनी भूमिमा इजरायली आक्रमणमा आठ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको बताएका छन् ।

    नागरिक सुरक्षा निकायका अनुसार गाजा शहरमा अल–घोल परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएको थियो ।नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले भन्नुभयो, “विस्थापित बस्दै आएको घरमा भएको आक्रमणबाट घर पूर्णरूपमा ध्वस्त भएको छ भने ११ जनाको मृत्यु भएको छ।”

    “आक्रमणमा दुई तले भवनमा क्षति पुगेको र अझै पनि धेरै मानिस भग्नावशेषमुनि रहेका छन्,” उहाँले भन्नुभयो । इजरायली ड्रोनले एम्बुलेन्सका कर्मचारीमाथि पनि गोली चलाएको प्यालेष्टिनी प्रशासनले जनाएको छ ।इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

    गाजा शहरको पूर्वमा रहेको शुजैयाको आसपासबाट एएफपीले खिचेको तस्बिरमा त्यहाँका बासिन्दाहरु आक्रमणपछि आगलागी भएको घरको भग्नावशेषबाट बाहिर निस्किरहेको र भुईंमा सेतो पाताले ढाकिएका मृत शरीरहरू देखिएको छ ।

    नागरिक सुरक्षा निकायका अनुसार दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परी पाँच जना सुरक्षा अधिकारीको मृत्यु भएको छ ।बासलले इजरायलले मानवीय आपूर्ति शृङ्खलालाई प्रभावित गर्न र मानिसहरूलाई आतङ्कत पार्न ‘जानाजानी’ उनीहरूलाई लक्षित गरेको आरोप लगाउनुभयो । सेनाले अहिलेसम्म उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन । 

    स्थानीय उद्धारकर्ताका अनुसार खान युनिसमा एक घरमा बम विष्फोट हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको बदलामा इजरायलले गाजामा युद्ध सुरु गरेको थियो । इजरायलमा भएको हमासको उक्त आक्रमणमा एक हजार २०८ जनाको मृत्यु भएको थियो।

    इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४५ हजार ७१७ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

    प्रकाशित मिति :पौष २१ २०८१ आइतवार - ०७:५२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij