Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सुदूरपश्चिम प्रदेश योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त

सुदूरपश्चिम प्रदेश योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त


  • 1.5K
    Shares

    सुदूरपश्चिम प्रदेश योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा योजना आयोगमा उपाध्यक्षसहित तीन जना नियुक्त भएका छन् । प्रदेश सरकारका मुख्य मन्त्री कलबहादुर शाहले सुदूर पश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन रानासहित तीन जनालाई नियुक्त गरेका हुन् । 

    मन्त्री परिषद्को बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । त्यस्तै शेर बहादुर भण्डारी र हिरा चन्द्र नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।

    द सोसियो कल्चर अफ राना थारु विषयमा विद्यावारिधि प्राप्त रानाले एजुकेशन प्लानिङ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । राना थारु समाजकी पूर्व अध्यक्ष राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । 

    सदस्यमा नियुक्त भएका भण्डारी पनि नेपाली कांग्रेस निकट हुन् । अर्का सदस्य चन्द भने नेकपा एमाले निकट हुन् । मुख्यमन्त्री शाहले बुधवार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाए । त्यसपछि उपाध्यक्ष रानाले नवनियुक्त सदस्य द्वय भण्डारी र चन्दलाई शपथ खुवाएकी छन् । 

    यसअघि उपाध्यक्ष गणेश विक थिए भने सदस्यहरूमा डा. जगरसिंह रावल र दीपिका भट्ट थिए । विक नेकपा एकीकृत समाजवादी निकट हुन् । तत्कालीन गठनादेश खारेज गरेर नयाँ गठनादेश अनुसार उपाध्यक्ष र सदस्य नियुक्त गरिएको हो ।

    यसअघि उपाध्यक्षसहित तीन सदस्य रहेको प्रदेशको नीति तथा योजना आयोग अब पाँच सदस्यीय भएको छ । उपाध्यक्ष र दुई सदस्य नियुक्त भएपछि अब थप दुई सदस्य नियुक्त हुने छन् । नयाँ नियुक्त हुने सदस्य पनि भागबन्डामै टुंगीने बताइएको छ ।

    प्रकाशित मिति :पौष १९ २०८१ शुक्रवार - १५:३९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij