Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

नयाँ वर्षको दिन नरसंहार, छोराले बुवासँग मिलेर परिवारका ५ जनाको हत्या गरे, भिडियो बनाए

नयाँ वर्षको दिन नरसंहार, छोराले बुवासँग मिलेर परिवारका ५ जनाको हत्या गरे, भिडियो बनाए


  • 2.0K
    Shares

    नयाँ वर्षको दिन नरसंहार, छोराले बुवासँग मिलेर परिवारका ५ जनाको हत्या गरे, भिडियो बनाए
    images

    लखनउ । लखनउको नाका थाना क्षेत्रको एक होटलमा भएको नरसंहारको खबरले सबैलाई स्तब्ध बनाएको छ । आगराका एक युवक मोहम्मद असदले आफ्नी आमा र चार बहिनीको निर्ममतापूर्वक हत्या गरेका हुन् । 

    घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । प्राप्त जानकारी अनुसार होटलको कोठामा परिवार बसेको थियो ।  अभियुक्तले भिडियो बनाएर आफ्नो बयान दिँदै आफूले बुबासँग मिलेर आमा र चार बहिनीको हत्या गरेको बताएका छन् । आमा र  दुई दिदीहरूको घाँटी रेटिएको छ भने दुई बहिनीहरूको बुवासँग मिलेर घाँटी थिचेर हत्या गरिएको छ । 

    अभियुक्तका बाबु अझै फेला परेका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको छ । बुधबार बिहान सूचना पाएपछि प्रहरी टोली तुरुन्त घटनास्थल पुगेको थियो । घटनापछि अभियुक्त मोहम्मद असद भागेका थिएनन् । उनलाई त्यहाँबाट प्रहरीले पक्राउ गरेको हो । 

    प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ । जानकारीका अनुसार उनका भाइ र बुबा ३० डिसेम्बरमा यस होटलमा आएका थिए । दुवैको अवस्थाबारे अनुसन्धान भइरहेको छ । डीसीपी रविनाले घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको बताइन् । अभियुक्तले यस्तो कदम किन उठाए भन्नेबारे अनुसन्धान भइरहेको छ ?

    फिल्ड युनिटलाई बोलाएर प्रमाण सङ्कलन भइरहेको छ । यस सम्बन्धमा विस्तृत अनुसन्धान र थप कानुनी कारबाही भइरहेको छ ।  एजेन्सी

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - १५:१२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij