२०८२ माघ ७ गते बुधवार
काठमाडौं । गुरूङ समुदायले तमु ल्होसार मनाइरहेका छन्।
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै सोमबार काठमाडौंसहित देशभर तमु ल्होसार मनाउँदै छन्। समुदायले गरूड वर्षलाई बिदाइ गर्दै नाग वर्षको स्वागत गरेको हो।
काठमाडौंमा बसन्तपुरदेखि टुँडिखेलसम्मको र्याली गर्दै ल्होसार मनाएका हुन्। र्यालीमा सहभागीहरूले आफ्नो पहिचान झल्किने पहिरनमा सजिएका छन्।
टुँडिखेलमा उनीहरूले एक कार्यक्रमको आयोजना गरेका छन्। यहाँ उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा दिइएको छ।






© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij