Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

दक्षिण कोरियाको विमान दुर्घटनामा ज्यान गुमाएका १४१ जनाको सनाखत

दक्षिण कोरियाको विमान दुर्घटनामा ज्यान गुमाएका १४१ जनाको सनाखत


  • 1.9K
    Shares

    दक्षिण कोरियाको विमान दुर्घटनामा ज्यान गुमाएका १४१ जनाको सनाखत
    images

    काठमाडौं । दक्षिण कोरियामा विमान दुघर्टनामा परेर मृत्यु भएका १७९ जनामध्ये १४१ जनाको सनाखत भएको छ । 

    त्यहाँको भूमि मन्त्रालयले सोमबार यस्तो बताएको हो । अहिले १७९ जनाकै शवलाई अस्थायी शव घरमा राखिएको छ । अनुसन्धान एजेन्सीले अटोप्सी गरेपछि शवलाई  परिवारलाई जिम्मा लगाइने मन्त्रालयले बताएको छ ।

     पीडितका सामानहरू पनि दुघर्टनाग्रस्त विमानबाट जम्मा पार्ने काम भइरहेको पनि बताइएको छ । आइतबार भएको दुघर्टनाको कारणबारे छानबिन भइरहेकोले दुघर्टना भएको ठाउँलाई सुरक्षित रूपमा राखिने भएको छ । 

    विमानमा रहेका १८१ जना मध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । यी दुवै जना चालक दलको सदस्य हुन् । यी दुवैको अस्पतालमा उपचार भइरहेको छ र दुवै खतरा बाहिर भएको बताइएको छ । 

    प्रकाशित मिति :पौष १५ २०८१ सोमवार - ११:००:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij