Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

इजरायल र प्यालेस्टाइन द्वन्द्वमा परी कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु

इजरायल र प्यालेस्टाइन द्वन्द्वमा परी कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु


  • 1.3K
    Shares

    इजरायल र प्यालेस्टाइन द्वन्द्वमा परी कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु
    images

    संयुक्त राष्ट्र सङ्घले आफ्नो प्रतिवेदनमा विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने तथा ४७ करोड २० लाख द्वन्द्व र हिंसाका कारण विस्थापित भएको बताएको छ ।

    शनिबार जारी गरिएको अध्ययनमा संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडान जस्ता क्षेत्रमा चलिरहेको द्वन्द्वलाई प्रकाश पार्दै विश्व दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब द्वन्द्वको सामना गरिरहेको बताएको
    छ ।

    गाजा र युक्रेनमा भएको द्वन्द्वमा हजारौँ बालबालिका मारिएका तथा घाइते भएकाले सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो नौ महिनामा बढी बालबालिकाको मृत्यु भएको राष्ट्रसङ्घले पुष्टि गरेको छ ।

    रिपोटका अनुसार इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वका कारण गत १५ महिनामा गाजामा कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु भएको छ ।

    यसैबीच, युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले सन् २०२४ द्वन्द्वमा परेका बालबालिकाका लागि रेकर्डमा सबैभन्दा नराम्रो वर्ष हुने बताए ।

    प्रकाशित मिति :पौष १५ २०८१ सोमवार - ०७:४५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij