२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंक यही पुस १८ गते १८ वर्ष पूरा हुँदैछ ।
बि.सं २०६३ सालमा १८ औँ वाणिज्य बैंककारुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको थियो । त्यसबेला बैंकको १ अर्ब ५० करोड चुक्ता पुँजी थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ति गरेको यस बैंक नेपालकै नम्बर वान बैंक बन्न सफल भएको छ ।
यो १८ वर्षे यात्रामा दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढिरहेको छ । बैंकको ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । मर्जर तथा व्यवसायको निरन्तर विस्तारले बैंकको ग्राहक सङ्ख्यामा वृद्धि हुँदै गएको हो । हाल यस बैंकको निक्षेप ग्राहक सङ्ख्या करिब ५० लाखभन्दा बढी पुगेको छ ।
बैंकले (शाखा, एटिएम, एक्सटेन्सन काउण्टर, सेवा केन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत) करिब ११०० सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij