Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

विमान दुर्घटना

दक्षिण कोरियामा विमान दुर्घटना : २ जनाबाहेक सबैको मृत्यु भएको आशङ्का (भिडिओ)

दक्षिण कोरियामा विमान दुर्घटना : २ जनाबाहेक सबैको मृत्यु भएको आशङ्का (भिडिओ)


  • 2.5K
    Shares

    दक्षिण कोरियामा विमान दुर्घटना : २ जनाबाहेक सबैको मृत्यु भएको आशङ्का (भिडिओ)
    images

    सोल । दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा २ जना बाहेक सबै जनाको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । 

    दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापले छापेको समाचार अनुसार एक जना यात्रु र एक जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ । बाँकीको खोजी कार्य जारी रहेको भएपनि अरू सबै जीवित भेटिने आशा नभएको बताइएको छ ।

    यस अघि भने एजेन्सीले मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६२ जना पुगेको भन्दै समाचार लेखेको थियो ।  पुगेको छ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । 

    बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए । 

    ल्यान्डिङ गियरमा समस्याका कारण उक्त विमान दुर्घटना भएको योन्हापले बताएको थियो ।

    https://x.com/Tslachan/status/1873173725446848734

    प्रकाशित मिति :पौष १४ २०८१ आइतवार - १०:३४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij