२०८२ भाद्र २४ गते मंगलवार
सिरियाका विद्रोही नेतृत्वको सरकारी अधिकारीहरूले पूर्वराष्ट्रपति बसर अल–असदका समर्थकहरूले गरेको आक्रमणमा गृह मन्त्रालयका १४ कर्मचारीको मृत्यु भएको बताएका छन्। आक्रमणमा १० जना घाइते भएका छन्।
मंगलबार टार्टस बन्दरगाह नजिकै यो हमला भएको अधिकारीहरुले बताएका छन्।
रिपोर्टअनुसार सुरक्षाकर्मीहरू सिरियाको कुख्यात् सैदनाया जेलमा संलग्न एक पूर्वअधिकारीलाई पक्राउ गर्न गएका बेला उनीहरूमाथि आक्रमण भएको हो।
असद सरकार करिब दुई हप्ताअघि सिरियामा पतन भएको थियो र अहिले विद्रोही इस्लामिक संगठन हयात अल–तहरिर (एचटीएस) को नियन्त्रणमा छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij