२०८२ माघ ७ गते बुधवार
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन्।

हिष्टी मेकर्स मण्डली ढल्कुमा पनि शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मनाइएको हो। साथै पाष्टर निरपेज जंग कुवँरले प्रभुको जन्मदिन र क्रिसमसको महत्वको बारेमा वचन बोल्नुभयो ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मेका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको विश्वास गरिने नेपाल ख्रिष्टियन महासङ्घले जनाएको छ।
मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन्।
हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ। १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले जनाएको छ। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज काठमाडौँमा क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको थियो।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij