Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

टर्कीले सन् २०२५ का लागि श्रमिकको न्यूनतम् ज्याला ३० प्रतिशतले बढायो

टर्कीले सन् २०२५ का लागि श्रमिकको न्यूनतम् ज्याला ३० प्रतिशतले बढायो


  • 2.4K
    Shares

    टर्कीले सन् २०२५ का लागि श्रमिकको न्यूनतम् ज्याला ३० प्रतिशतले बढायो
    images

    काठमाडौं । टर्कीले सन् २०२५ को लागि श्रमिकको न्यूनतम ज्याला ३० प्रतिशतले वृद्धि गर्ने भएको छ ।

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलबार श्रमिकको न्यूनतम तलब ६३० अमेरिकी डलर पुर्‍याउने घोषणा गरेका हुन् । न्यूनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले यो वृद्धिले श्रमिकको हितवृद्धि हुने बताए ।

    मन्त्री इसिखानले यो निर्णयले देशको आर्थिक स्थायित्वलाई मजबुत बनाउने पनि विश्वास व्यक्त गरे । यद्यपि टर्किस कन्फेडेरेसन अफ ट्रेड युनियन (टर्क–आईएस) तलब वृद्धि प्रस्तावको सूचना समयमै नदिइएको भन्दै बैठकमा उपस्थित भएन ।

    टर्क–आईएसका अध्यक्ष एर्गुन अतालेले यसअघि ४५ प्रतिशत वृद्धि र २० प्रतिशत सामाजिक हिस्सासहित २९ हजार ५८३ लिरा ९लगभग ८४५ डलर० को खुद ज्याला हुनुपर्ने माग गरेका थिए । युनियनले यो सङ्ख्याभन्दा कम कुनैपनि निर्णयलाई अनुमोदन नगर्ने दोहोर्‍याएको थियो ।

    यसैबीच टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरमा ४७।०९ प्रतिशतमा झरेको छ । यो २०२३ को जुनयताकै न्यून स्तर हो ।

     

    प्रकाशित मिति :पौष १० २०८१ बुधवार - १३:०३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij