Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

मंगोलियामा ५० वर्षयताकै चरम जाडो, एसियाली देशमा चिसो बढ्ने पूर्वानुमान

मंगोलियामा ५० वर्षयताकै चरम जाडो, एसियाली देशमा चिसो बढ्ने पूर्वानुमान


  • 2.5K
    Shares

    मंगोलियामा ५० वर्षयताकै चरम जाडो, एसियाली देशमा चिसो बढ्ने पूर्वानुमान
    images

    काठमाडौं । मंगोलियाले आधा शताब्दीपछिको सबैभन्दा कठोर जाडो सामना गरिरहेको छ।

    चिसो अचाक्लि बढ्दा गत हिउँदमा ४७ लाखभन्दा बढी पशु मरेका थिए । त्यतिबेलै चिसोले हजारौं मानिसको जीविका र खाद्य आपूर्तिमा खतरा उत्पन्न गर्ने अन्तर्राष्ट्रिय रेडक्रसले चेतावनी दिएको थियो ।

    त्यहाँको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको जनाएको छ ।

    योसँगै मंगोलियाको ६४ प्रतिशत भूभाग हाल हिउँले ढाकिएको छ । गत हिउँदमा मंगोलियामा पाँच दशक यताकै सबैभन्दा ठूलो हिमपात भएको थियो, जसका कारण ठूलो बाढी आउँदा र लाखौं पशुधनको क्षति भएको थियो ।

    यस हिउँदमा, एसियाली देशका अधिकांश भागहरूमा दीर्घकालीन औसतभन्दा चिसो बढ्ने मौसमविद्ले जनाएका छन् ।

    मंगोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही क्षेत्रमा कडा मौसमको चेतावनी जारी गर्दै सोमबार रातिदेखि तीव्र हावा र हिमआँधी सुरु हुने पूर्वानुमान गरेको छ।  

    हिमआँधीले पश्चिमी, मध्य, र दक्षिणी गोबी प्रान्तहरूमा आगामी दुई दिनसम्म असर पार्ने पुर्वानुमान गरिएको छ। नागरिकहरू विशेष गरी घुमन्ते पशुपालक र चालकहरूलाई सतर्कता अपनाउन र सम्भावित प्रकोपविरुद्ध रोकथामका उपायहरू अपनाउन आग्रह गरिएको छ ।

    तापक्रम अत्यधिक बढ्ने अवस्थालाई ‘ड्युज’ भनिन्छ जसले तापक्रममा ठूलो गिरावट ल्याउँछ । यस्तोमा हिउँ र बरफले चरन क्षेत्रहरू ढाक्छ र खाद्य शृङ्खला प्रभावित हुन्छ ।

    मंगोलियामा करिब ३ लाख मानिस पारम्परिक घुमन्ते पशुपालक छन् र आफ्नो जीवन निर्वाहका लागि गाई, बाख्रा र घोडामा निर्भर छन् ।

    उनीहरूका लागि चौपाया नै जीवन निर्वाहको एकमात्र माध्यम हो । मौसमी घटनाले उनीहरू केही महिनामै गरिब बनेका छन् । आईएफआरसीका एसिया प्रशान्त क्षेत्रीय निर्देशक एलेक्जान्डर मथेउले सीएनएनसँग कुरागर्दै भने, ‘उनीहरूमध्ये धेरै अब आफ्नै परिवारलाई खान दिने या घर तताउने अवस्थामा पनि छैनन्।’

    आईएफआरसीका अनुसार, नोभेम्बरयता २ हजार २५० पशुपालक परिवारले आफ्नो ७० प्रतिशतभन्दा बढी चौपाया गुमाएका छन्। ७,००० भन्दा बढी परिवारले पर्याप्त खानाको पहुँच गुमाएका छन् ।

    ड्जुडले देशको तीन(चौथाई भागलाई प्रभावित गरेको छ र जाडो अझै लम्बिने भएकाले अवस्था झन् बिग्रने अनुमान छ ।  एजेन्सी

    प्रकाशित मिति :पौष ९ २०८१ मंगलवार - १४:३०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij