२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र क्लियरिङ हाउसबीच अलि पे नेटवर्क प्रयोगकर्तालाई सहजै अन्तरदेशीय भुक्तानी गर्न उक्त सम्झौता भएको जनाइएको छ ।
यस सम्झौताअन्तर्गत अलि पेका प्रयोगकर्ताले नेपालमा डोमेस्टिक वालेटमार्फत भुक्तानी गर्न सक्नेछन् ।
साथै चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन, इटालीलगायतका देशबाट नेपालमा आएका पर्यटकले पनि सोही वालेटमार्फत भुक्तानीको सेवा प्रयोग गर्न सक्नेछन् ।
पर्यटक र अलि पे प्रयोगकर्ताले नेपालमा रहेका नेपाल पे क्यूआर र यसका इन्टेरोपेरेबल क्यूआरमा भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij