Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

मुम्बईमा डुङ्गा दुर्घटनाः तीन नौसैनिकसहित १३ जनाको मृत्यु

मुम्बईमा डुङ्गा दुर्घटनाः तीन नौसैनिकसहित १३ जनाको मृत्यु


  • 1.4K
    Shares

    मुम्बईमा डुङ्गा दुर्घटनाः तीन नौसैनिकसहित १३ जनाको मृत्यु
    images

    काठमाडौं । भारतको मुम्बईस्थित गेटवे अफ इन्डिया क्षेत्रबाट गइरहेको यात्रुबाहक डुङ्गा एलिफेन्टा टापुमा पल्टिँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

    ज्यान गुमाउने तीनजना भारतीय नौसैनिक पनि रहेका छन् । यस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

    ‘नीलकमल नामको यात्रुवाहक डुङ्गा दिउँसो ३ः५५ बजे ठोक्किएर दुर्घटना भएको हो । १०१ जनाको उद्धार गरिएको छ । १३ जनाको मृत्यु भएको छ । यसमा तीनजना नौसैनिकको पनि मृत्यु भएको छ,’ उनले ‘जसको नौसेना अस्पतालमा उपचार भइरहेको छ ।’

    गृहमन्त्री फडणवीसले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई मुख्यमन्त्री राहत कोषबाट पाँचरपाँच लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

    स्पीडबोटसँग फेरी ठक्कर खाँदा यो दुर्घटना भएको हो । डुङ्गामा ८० भन्दा बढी यात्रु सवार थिए । दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेको छ । भारतीय नौसेना, कोस्ट गार्ड, प्रहरी र स्थानीय माझीहरू उद्धार कार्यमा जुटेका छन् ।

    प्रकाशित मिति :पौष ४ २०८१ बिहिवार - ०८:५२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij