Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका ७ निर्णय


  • 1.9K
    Shares

    यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका ७ निर्णय

    काठमाडौं । कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकले ७ वटा निर्णय गरेको छ ।

    मंगलबारको कठकैले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने, बड्डिचौर-बिउरेनी-बाबियाचौर-विद्दापुर सडक-खण्ड १३.१ किलोमिटरलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्ने, कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०८१ लाई संशोधन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

    यस्तै प्रोजेक्ट एग्रीमेन्ट गर्न सहमति प्रदान गर्ने, सहयोगापेक्षी मानव संरक्षण तथा व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए ।

    अपांगता प्रदेश निर्देशन समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०८१ स्वीकृत गर्ने, अपांगता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम संघ, प्रदेश र स्थानीय तह सञ्चालन निर्देशिका-२०८१ स्वीकृत गर्ने निर्णय पनि भएको प्रवक्ता शाहले जनाए ।

    प्रकाशित मिति :पौष २ २०८१ मंगलवार - १७:४८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij