Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

भानु आटुमा ७.३ म्याग्निच्युडको भूकम्प

भानु आटुमा ७.३ म्याग्निच्युडको भूकम्प


  • 2.2K
    Shares

    भानु आटुमा ७.३ म्याग्निच्युडको भूकम्प
    images

    काठमाडौं । प्रशान्त महासागरको टापु देश भानुआटुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान साढे ७ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्र राजधानी पोर्टभिलाबाट करिब ३० किलोमिटर पश्चिममा थियो ।

    भूकम्पपछि दिउँसो १२ बजेतिर ५.५ म्याग्निच्युडको परकम्प समेत आएको थियो । यसलाई भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प भनिएको छ ।

    भूकम्प र परकम्पका कारण घरहरू भत्किएका, बिजुलीका पोल ढलेका, गाडीहरूमा क्षति पुगेको भिडियोहरू सार्वजनिक भइरहेका छन् । बेलायत, फ्रान्स र न्यूजील्याण्डका दूतावासहरू रहेको एउटा ठूलो भवन पनि भत्किएको देखिन्छ । भूकम्प लगत्तै सरकारी वेबसाइटहरू पनि डाउन भएका थिए ।

    पोर्टभिलामा रहेका एक पत्रकार डेन म्याकगेरीले बीबीसीसँग भनेका छन्, ‘धेरै मानिसहरू भुईँमा लडिरहेका र उनीहरू गम्भीर घाइते अवस्थामा रहेको देखेको छु ।’ घाइतेहरूलाई उद्धार गर्दै अस्पताल लैजाने काम जारी छ ।

    प्रकाशित मिति :पौष २ २०८१ मंगलवार - १५:२९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij