Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

बच्चा बढी जन्माउन भनेर टोकियो सरकारले कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने

बच्चा बढी जन्माउन भनेर टोकियो सरकारले कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने


  • 1.6K
    Shares

    बच्चा बढी जन्माउन भनेर टोकियो सरकारले कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने
    images

    काठमाडौं । घट्दो जन्मदरलाई रोक्न जापानको टोकियो महानगर सरकारले आफ्ना कर्मचारीलाई हप्ताको चार दिन मात्रै काम लगाउने भएको छ।

    विश्वको सबैभन्दा ठूलो सहर टोकियोले अप्रिल २०२५ देखि लागु हुने गरी सो योजना बनाएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

    यो योजना अनुसार टोकियो सरकारका कर्मचारीलाई काम गर्ने समय मिलाएर आफूलाई पायक पर्ने गरी हप्ताको एकदिन अतिरिक्त बिदा बस्न मिल्नेछ। हाल टोकियोमा लगभग संसारभर लागु भए जस्तै हप्ताको पाँच दिन काम गर्नुपर्छ।

    यो योजनाले बच्चा हुर्काउनलाई सजिलो पारेर कर्मचारीहरूलाई बच्चा जन्माउन प्रेरित गर्नेछ भनेर टोकियो सरकारले अपेक्षा गरेको छ।

    पछिल्लो समयमा विश्वका धेरै विकसित देशमा हप्ताको चार दिन मात्रै काम लगाए कर्मचारी खुशी र उत्प्रेरित भएर उत्पादकत्व बढ्ने, कर्मचारी भर्ती गर्न सजिलो हुने र उनीहरूलाई काममा लामो समयसम्म राख्न मद्दत गर्ने अनि बिरामी बिदामा व्यापक कमी आउने भन्दै हप्ताको तीन दिन बिदा दिनु पर्ने माग उठिरहेको छ। कतिपय ठाउँमा यो प्रयोग सुरू पनि भइसकेको छ।

    तर टोकियो सरकारले भने जन्मदर बढाउनका लागि यो योजना ल्याएको हो। ‘बच्चा जनमाउने, हुर्काउने लगायत कारणले कसैले पनि आफ्नो ‘क्यारियर’को बली चढाउनु नपरोस् भन्नका लागि हामी हाम्रो काम गर्ने शैलीलाई लगातार समीक्षा गर्नेछौं,’ टोकियोका गभर्नर युरिको कोइकेले पछिल्लो नगरसभामा भनिन्।

    लामो समयदेखि महिला सशक्तिकरण जापानका लागि समस्या रहेको औंल्याउँदै उनले यसमा जापान बाँकी विश्वभन्दा धेरै पछाडि रहेको बताइन्।

    जापानको जनसंख्या लगातार १५ वर्ष घटेको छ। र यो वर्ष पनि घट्ने लगभग निश्चित छ। सन् २०१२ देखि २०२२ सम्मको दशकमा टोकियोको जन्मदर १५ प्रतिशतभन्दा बढीले घटेको छ।

    हजारौं कर्मचारी भएको टोकियो सरकारको यो योजनाले जन्मदर बढाएर जनसंख्या घट्नेक्रमलाई रोक्न थोरै भए पनि योगदान गर्ने अपेक्षा गरिएको छ। जापानका अन्य स्थानीय सरकारले पनि पछिल्ला समयमा यस्ता योजनाहरू ल्याएका छन्।

    प्रकाशित मिति :मंसिर २८ २०८१ शुक्रवार - १६:५६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij