Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

गाउँलेले भूतको आवाज ठानेपछि एक युवक तीन दिनसम्म इनारमा अड्किन बाध्य

गाउँलेले भूतको आवाज ठानेपछि एक युवक तीन दिनसम्म इनारमा अड्किन बाध्य


  • 3.2K
    Shares

    गाउँलेले भूतको आवाज ठानेपछि एक युवक तीन दिनसम्म इनारमा अड्किन बाध्य
    images

    काठमाडौं । एक २२ वर्षीय युवक तीन दिनसम्म १२ मिटर गहिरो इनारमा तीन दिनसम्म अड्किएर बस्न बाध्य भएका छन् । गाउँलेले उनको आवाजलाई भूतको आवाज ठानेपछि उनीहरू इनारको छेउसम्म पनि नपुगेका हुन् ।

    लिउ छुयानी नाम गरेका चिनियाँ युवक किन थाइल्याण्ड र म्यानमारको सीमामा रहेको जंगलमा पुगे भन्ने नखुले पनि उनी एउटा सानो गाउँ नजिकै रहेको इनारमा खस्न पुगेका थिए । अधिकारीले ट्रेकिङ गर्ने क्रममा उनी १२ मिटर गहिरो इनारमा खस्न पुगेको अनुमान लगाएका छन् । 

    इनारमा खस्दा उनलाई गम्भीर चोट लागेको छ । उनको हात भाँचिनुका साथै मस्तिष्कमा पनि कनकसन भएको बताइएको छ । सुरुमा उनले ठुलो स्वरमा चिच्याएर मद्दत माग्ने प्रयास गरेका थिए । तर, घण्टौँ बित्दा पनि कोही पनि उनको उद्धारका लागि आएनन् ।

    उनले यसरी आफू चाँडै थाक्ने र उद्धारको सम्भावना झनै कम हुने ठाने । त्यही भएर आफ्नो ऊर्जा बचाएर इनारमा उनी तीन दिन र तीन रात बिताए । पानी र खाना विना उनको ऊर्जा बचाउने नीति सही साबित भयो ।

    सुरुमा निरन्तर मद्दतका लागि चिच्याएका उनले त्यसपछि एक घण्टामा एक मात्र चिच्याउन थाले । धेरैपटक उनको आवाज सुनिएन । तर, जसले सुने उनीहरूले पनि यसलाई भूतको आवाज हो भनेर ठाने । मानिसहरू इनारको नजिक जानुको साटो डराएर झनै टाढा भागे ।

    तर, भाग्यवश कोहीले प्रहरीलाई जंगलबाट अनौठो आवाज आइरहेको बारे प्रहरीलाई सूचना दिए । प्रहरीले यसबारे अनुसन्धान गर्दै जाँदा इनारसम्म पुगेर उनको उद्धार गरेका थिए । उनलाई उद्धार गर्न करिब ३० मिनेट लागेको थियो । 

    लिउ किन यति टाढा पुगे भन्ने कुरा अझै रहस्य रहेको छ । प्रहरीले हाल उनी अस्पतालमा उपचाररत रहेको र डिस्चार्ज हुने बित्तिकै यसबारे सोधपुछ गरिने बताएको छ ।

    प्रकाशित मिति :मंसिर २८ २०८१ शुक्रवार - १२:२०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij