Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अफगानिस्तानको राजधानीमा बम विस्फोट, मन्त्रीसहित ६ जना मारिए

अफगानिस्तानको राजधानीमा बम विस्फोट, मन्त्रीसहित ६ जना मारिए


  • 1.8K
    Shares

    अफगानिस्तानको राजधानीमा बम विस्फोट, मन्त्रीसहित ६ जना मारिए
    images

    काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा शरणार्थी मन्त्रीको मृत्यु भएको छ । तालिवानका अनुसार विस्फोटमा शरणार्थीमन्त्री खलिल उर-रहमान हक्कानी र अन्य पाँच जनाको मृत्यु भएको हो । 

    तालिबान प्रवक्ताले मन्त्री हक्कानी मारिएको पुष्टि गरेका समाचार संस्था रोयटर्सले जनाएको छ । आन्तरिक मन्त्रालयका अधिकारीले राजधानी काबुलस्थित शरणार्थी मन्त्रालयमा विस्फोट गराइएको जनाएका समाचार संस्था एपीले जनाएको छ ।

    विस्फोटको जिम्मेवारी हालसम्म भने कसैले लिएको छैन । अफगानिस्तानको शरणार्थी संकटलाई सम्हालिरहेका हक्कानी वर्तमान आन्तरिकमन्त्री सिराजुद्दीन हक्कानीका काका पनि हुन् । सन् २०२१ मा अफगानिस्तानबाट विदेशी सेना फिर्ता भएपछि हक्कानी तालिवानको अन्तरिम सरकारमा मन्त्री बनेका थिए ।

    अमेरिकी विदेश मन्त्रालयले भने उनी तालिबानको दुई दशक लामो सशस्त्र अभियानका क्रममा धेरै हिंस्रक आक्रमणहरूका जिम्मेवार शक्तिशाली हक्कानी नेटवर्कका वरिष्ठ नेता भएको जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २६ २०८१ बुधवार - २०:३९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij