Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

श्रीमती र सासूले धेरै पैसा मागेको भन्दै श्रीमानले गरे आत्महत्या

श्रीमती र सासूले धेरै पैसा मागेको भन्दै श्रीमानले गरे आत्महत्या


  • 2.0K
    Shares

    श्रीमती र सासूले धेरै पैसा मागेको भन्दै श्रीमानले गरे आत्महत्या
    images

    काठमाडौं । एक जना एआई इन्जिनियरले अनौठो कारणले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । खासमा ३४ वर्षीय अतुल सुभाषले आफ्नी श्रीमती र सासूले पैसाको लागि दुर्व्यवहार गरेको आरोप लगाउँदै आत्महत्या गरेका हुन् ।

     गत डिसेम्बर ९ मा उनले १ घण्टा २० मिनेटको भिडियो र २४ पृष्ठको पत्र लेखेर सो आत्महत्या गरेको थाहा हुन आएको छ, जसमा उनले आत्महत्या बाहेक अरू कुनै विकल्प आफुँसँग बाँकी नरहेको उल्लेख गरेका छन् ।

     सो क्रममा अतुलले उत्तर प्रदेशको जौनपुरका एक न्यायाधीशमाथि पनि गम्भीर आरोप लगाएका छन् । उनले आफ्नो चिठ्ठीमा मुद्दा सुल्झाउने नाममा न्यायाधीशले ५ लाख घुस मागेको उल्लेख गरेका छन् । अतुलले आफ्नी श्रीमती, सासू र जौनपुरका न्यायाधीशले आत्महत्या गर्न भनेका पनि पत्रमा लेखेको भेटिएको छ ।

     भारतीय सञ्चारमाध्यमका अनुसार मूल रूपमा बिहारका अतुल सुभाषको शव बेंगलुरुको मन्जुनाथ ले आउटमा रहेको उनको फ्ल्याटबाट भेटिएको थियो। छिमेकीले घरको ढोका तोड्दा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । कोठामा ‘जस्टिस इज ड्यु’ लेखिएको प्ले कार्ड भेटिएको थियो । 

    अहिले अतुलका परिवारको उजुरीका आधारमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ ।

    आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा अतुलले पूरै घटनाको विस्तृत विवरण दिएका छन् । उनले म्याट्रिमोनी साइट मार्फत म्याच भेटेपछि २०१९ मा हालकी श्रीमतीसँग विवाह गरेको बताए । अर्को वर्ष तिनीहरूको एक छोरा भयो। आफ्नी श्रीमती र श्रीमतीको परिवारले जहिले पनि आफूसँग पैसाको माग राख्थे, जुन पूरा पनि गर्ने गरेको उनले बताए । 

     उनले आफ्नी श्रीमतीको परिवारलाई लाखौं रुपैयाँ दिएका थिए तर जब उनले थप पैसा दिन बन्द गरे, श्रीमतीले २०२१ मा छोराको साथ बेंगलुरु छोडि दिइन् । अतुलले हरेक महिना ४० हजार रुपैयाँ मेन्टेन्स दिने गरेको पत्रमा उल्लेख गरेका छन् । अतुलले भने,  ‘तर, मेरी श्रीमतीले छोरालाई भेट्न र बोल्नसमेत दिएनन ।’

     जसको रिसमा श्रीमतीले उनीमाथि  दाइजो र बाबुको हत्या गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन । श्रीमतीले केटा र उनको परिवारका सदस्यहरूविरुद्ध धेरै मुद्दा दायर गरेकी थिइन्, जसमा हत्या र अप्राकृतिक यौनसम्बन्धका घटनासमेत उल्लेख गरिएको छ । अतुलले आफ्नी श्रीमतीले १० लाख दाइजो मागेको आरोप लगाएका कारण बुवाको हृदयघातका कारण मृत्यु भएको आरोप लगाउने गरेको उनले आत्महत्या अघि उल्लेख गरेका छन् ।

    प्रकाशित मिति :मंसिर २६ २०८१ बुधवार - १४:३७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij