२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक योलको कार्यालय र प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ।
दक्षिण कोरियाको योनहाप समाचार संस्थाले यो जानकारी दिएको हो । सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको प्रहरीले जनाएको छ।
बीबीसीका अनुसार यो प्रहरी कारबाही राष्ट्रपति युन सुक योलले मार्सल ल (सैनिक कानुन) लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा हो। योनहापको रिपोर्टअनुसार छापा मार्दा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन्।
गत हप्ता मंगलबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले देशमा मार्सल ल घोषणा गरेका थिए। तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए।
युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij