Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

नरेशमाथि चलाइयो श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको मुद्दा

नरेशमाथि चलाइयो श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको मुद्दा


  • 2.4K
    Shares

    नरेशमाथि चलाइयो श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको मुद्दा
    images

    काठमाडौं ।  महिनौँदेखि अमेरिकामा नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेश भट्टमाथि पत्नीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको छ । जुलाई महिनाको अन्त्यतिर श्रीमती ममताको गएको हत्या गरेर नरेशले शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने भन्दै सीएनएनले समाचार छापेको छ । 

    नरेश भूतपूर्व अमेरिकी सेना हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीमाथि औपचारिक रूपमा अभियोग लगाइने समाचारमा भनिएको । नरेशले जुलाई ३० मा ममताको हत्या गरेको मानसास पार्क प्रहरीले बताएको छ ।

    ममता र नरेश बस्दै आएका घरको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । जाँचमा उक्त रगत ममताको नै भएको पुष्टि भएको मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोले भनेका छन् । 

    सुरुदेखि नै आफूहरूलाई उनको हत्या भएको शंका लागेको अनि यो कुरा डीएनए जाँच र अरू प्रमाणबाट पुष्टि भएको लुगोले भनेका छन् । ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने भेटिएको छैन । शवको खोजी निरन्तर जारी राखिने प्रहरीले बताएको छ ।

     प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा काम गर्ने ममता अन्तिमपटक जुलाई २७ मा अस्पताल पुगेकी थिइन् । लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई उनी हराएको खबर गरेका थिए । 

    अगष्ट २ मा प्रहरी ममता र नरेशको घर पुगेका थिए । सोधपुछका क्रममा नरेशले ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए । प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो । 

    त्यसयता नरेश प्रहरी हिरासतमा छन् । लामो अनुसन्धानपछि ममताको हत्या गरेर नरेश आफैले उनको शव लुकाएको प्रमाण अदालतमा पेस गरिएको थियो ।

    प्रकाशित मिति :मंसिर १८ २०८१ मंगलवार - १६:१०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij