Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता

दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता


  • 1.5K
    Shares

    दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता
    images

    काठमाडौं । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार टापुको पर्यटन सङ्गगठनलाई उद्धृत गर्दै जनाएको छ ।

    गत नोभेम्बर– १४ मा चार्टर्ड भियेटजेट एयरको उडानबाट करिब ९० जना भियतनामी यात्रु टापुमा आइपुगेको स्रोतले जनाएको छ । 

    तीनीहरु मध्ये ३८ जना पर्यटकहरु यहि स्थान बाट सम्पर्क विहिन भएको तथा बाँकी यात्रुहरु सोहि उडानमा  फिर्ता  भएको स्रोतले जनाएको छ ।  

    ती विदेशी यात्रुहरूलाई बिना  भिसा ३० दिनसम्म उक्त टापुमा बस्न अनुमति दिइएको थियो । जसअनुसार ती भियतनामी पर्यटकहरू डिसेम्बर–१४ पछि अवैध आप्रवासी हुनेछन् ।

    टापु स्थित अध्यागमन कार्यालयले वेतत्ता भियतनामीहरूको ठेगाना पत्ता लगाउन निगरानी गरिरहेको जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १८ २०८१ मंगलवार - १३:०३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij