Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रधानमन्त्रीले भने-सबै मिलेर नेवारी संकृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ

प्रधानमन्त्रीले भने-सबै मिलेर नेवारी संकृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ


  • 1.3K
    Shares

    प्रधानमन्त्रीले भने-सबै मिलेर नेवारी संकृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मिलेर नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन ।

    नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृति भएकोले सबै मिलेर संरक्षण र प्रवर्द्धन गर्नुपर्ने उनले बताए ।

    २१औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रणा दिन पुगेको टोली समक्ष प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्न सरकारले सहयोग गर्ने बताए ।

    सांसद कृष्णगोपाल श्रेष्ठ, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण महर्जनसहितको टोली नेवारी बाजागाजा सहित प्रधानमन्त्रीलाई निम्तो दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

    यस वर्षको ज्यापु दिवस तथा योमरी पुन्ही ३० मंसिरमा मनाइनेछ । उक्त दिन काठमाडौँमा र्‍यालीसहित वसन्तपुरमा कार्यक्रम आयोजना तय गरिएको छ ।

    प्रकाशित मिति :मंसिर १२ २०८१ बुधवार - १३:१४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij