Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सिरियामा इजरायली हमला : ३६ जनाको मृत्यु

सिरियामा इजरायली हमला : ३६ जनाको मृत्यु


  • 1.4K
    Shares

    सिरियामा इजरायली हमला : ३६ जनाको मृत्यु
    images

    दमास्कस (सिरिया) । सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

    बेलायतमा आधारित युद्ध पर्यवेक्षक सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सुले भने इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भएको जनाएको छ । जसमध्ये ३३ जना इरानी मिलिसियासँग सम्बन्धित सिरियाली, २२ जना गैर–सिरियाली, चारजना हिजबुल्लाह र दुईजना अज्ञात थिए ।

    इजरायलले अल–तान्फ क्षेत्रको पाल्मिरा सहरका धेरै भवनहरूलाई निसाना बनाएर हवाई आक्रमण   गरेको रक्षा मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।

    सिरियाको विदेश मन्त्रालयले “पाल्मिरा सहरविरुद्धको क्रूर इजरायली आक्रमणको कडा निन्दा गर्दै यसले यस क्षेत्रका देशहरूका जनताविरुद्धको निरन्तरको अपराधलाई प्रतिबिम्बित गरेको जनाएको छ ।  

    युनेस्कोको विश्व सम्पदासूचीमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरूले कब्जा गरेका थिए ।

    सिरियाका पुरातत्व तथा संग्रहालयका महानिर्देशक नाजिर अवादले पछिल्लो आक्रमणमा सहरका मन्दिरहरूमा प्रत्यक्ष क्षति नभएको बताएका छन् । राससरएएफपी

    प्रकाशित मिति :मंसिर ६ २०८१ बिहिवार - १२:३७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij