Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लक्ष्मी सनराइज बैंकद्वारा आयोजित गल्फ प्रतियोगिता सम्पन्न

लक्ष्मी सनराइज बैंकद्वारा आयोजित गल्फ प्रतियोगिता सम्पन्न


  • 1.3K
    Shares

    लक्ष्मी सनराइज बैंकद्वारा आयोजित गल्फ प्रतियोगिता सम्पन्न

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । बैंकले दिगोपनलाई अगाडि बढाउँदै काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न गरेको हो । 

    ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगिताले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरूप्रतिको प्रतिबद्वतालाई जोड दिइएको थियो । 

    प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपूर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आँकलन गरिएको बैंकले जनाएको छ । 

    उद्यपि बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ। साथै, हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १/१ बिरुवा पनि प्रदान गरिएको थियो।

    एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरूले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । 

    प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा ४३ अंक प्राप्त गर्दै आत्माराम सिम्खडा विजेता भएका थिए भने ४३ अंक प्राप्त गरेका आशिष लाल श्रेष्ठ उपविजेता भए । 

    यसैगरी, ३८ अंकसहित टाशी छिरिङ उत्कृष्ट ग्रस भएका थिए भने, ४० अंक प्राप्त गरेका तुलसी भट्ट वरिष्ठ श्रेणी बिजेता, ३५ अंकसहित तारा कार्की चित्रकार महिला विजेता भए । 

    त्यस्तै, महिलामा उपविजेता सुमित्रा खड्का बनेकी थिइन् । उनले ३० अंक जोडेकी थिइन् भने नोर्बु छिरिङ शेर्पाले सबैभन्दा लामो ड्राइभ गर्न सफल भएका थिए । प्रतियोगितामा अनिल कुमार सिन्हा पिनको नजिक हुन सफल भइ पुरष्कृत भएका थिए । 
      
    विजेताहरुलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्वतालाई थप जोड दिएका थिए ।

    यस वर्षको प्रतियोगिताले लक्ष्मी सनराइजको कर्पोरेट पहलहरूमा दिगोपनलाई एकीकृत गर्न नवीन दृष्टिकोणको उदाहरण दिने बैंकले जनाएको छ । 

    कार्बन फुटप्रिन्ट न्युनिकरण र पर्यावरणमैत्री अभ्यासहरूलाई प्रोत्साहित गर्दै बैंकले आफ्नो गतिविधिहरूलाई #OrangeLovesGreen अभियानसँग एकिकृत गरीरहेको छ र हरित बैंकिङमा आफूलाई अग्रणी रूपमा स्थापित गर्दै आएको छ ।

    लक्ष्मी सनराइज बैंकले यस्ता विभिन्न खेलकुद, सामुदायिक संलग्नता तथा दिगोपनका पहलहरुले समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ भनेर प्रदर्शन गरिरहेको छ । 

    प्रकाशित मिति :मंसिर २ २०८१ आइतवार - १५:१७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij