Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी, १० बालबालिकाको मृत्यु

झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी, १० बालबालिकाको मृत्यु


  • 1.5K
    Shares

    झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी, १० बालबालिकाको मृत्यु
    images

    काठमाडौं । भारत । उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भएको भीषण आगलागीमा परी १० बालबालिकाको मृत्यु भएको छ ।

    झाँसी जिल्ला मजिस्ट्रेटले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ । झाँसीको यो घटनालाई लिएर उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले आफ्नो ट्विटमा घटनाबारे दुख व्यक्त गर्दै घाइते अरू बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

    समाचारअनुसार मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट ९एनआइसियु० मा आगलागी भएको हो।


    केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घटनामा थप ३७ जना नवजात शिशु घाइते भएका छन् । 

    १८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको बताइएको छ ।   विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।

    प्रकाशित मिति :मंसिर १ २०८१ शनिवार - ०८:५६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij