Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेशनल लाइफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न


  • 1.6K
    Shares

    नेशनल लाइफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

    काठमाडौँ / नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’सम्पन्न गरेको छ । कम्पनीले “एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ भैरहवास्थित होटल सिद्धार्थ भिलासामा ३ दिने ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’सम्पन्न गरेको हो ।
    कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

     

    विभागिय प्रमुख तथा देशैभरीबाट प्रशासनिक कर्मचारीहरु गरी २५० जना भन्दा बढीको सहभागिता भएको उक्त सम्मेलनको समुद्घाटन गर्दे अध्यक्ष सिंहले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्वेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पु¥याउन आ–आफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेवारी वहन गर्नुपर्ने बताइन् । 

    साथै उनले देशैभरीबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रिय कार्यालयकी दिक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जन लाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् । 

    सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धत्ता जनाए । 

    यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उप निर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धिकरण सम्वन्धमा प्रशिक्षण दिए । 

    साथै, उनले बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यसतर्फ सचेत रहन समेत आग्रह गरे । 

    विभिन्न वित्तिय क्रियाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले उनीहरूको वित्तिय कृयाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने भएकोले राष्ट्रिय हितका लागि यस्ता कार्यलाई रोक्नु सबैको कर्तव्य भएको उनले बताए । 

    कार्यक्रममा सहभागि कर्मचारीहरुलाई प्रशिक्षक अरनिको सिंहले आफूलाई सुम्पिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न समस्याहरुको पहिचान हुने गरी खाका तयार गरेमा जुन सुकै समस्याको समाधान गर्न सहजिकरण हुने र सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने बारेमा प्रशिक्षण प्रदान गरेकी थिइन् । 

    कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको परीक्षा सञ्चालन गरिएको थियो सो परीक्षामा प्रथम द्वितीय र तृतीउ हुन सफल क्रमशः बुटवल शाखाबाट प्रविण कुमार शर्मा, काठमाडौँ शाखाबाट चक्र प्रसाद जोशी र केन्द्रिय कार्यालयबाट दिपक मरासिनीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले नगद पुरस्कारसहित सम्मान गरेका थिए । 

    यसैगरी सो सम्मेलनमा पुरुषतर्फ फुटसल र महिलातर्फ म्यूजिकल चेयर जस्ता विविध खेलहरु पनि आयोजना गरिएको थियो । जसअन्तर्गत फुटसलतर्फ प्रथम, द्वितीय र तृतिय हुने क्रमश कोशी प्रदेश, केन्द्रिय कार्यालय र बागमती प्रदेश तथा म्यूजिकल चेयरतर्फ प्रथम द्वितीय, तृतीय हुने क्रमश पवित्रा लुंगेली सिन्धुली, सविना भट्टराई कीर्तिपुर र अप्सरा खत्री गाईघाटलाई पनि प्रमुुख कार्यकारी अधिकृतज्यूले कप तथा मेडल प्रदान गरेका थिए । 

    प्रकाशित मिति :कार्तिक २७ २०८१ मंगलवार - २२:३१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij