Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेमा झिनो अङ्कको गिरावट, चन्द्रागिरीको सेयर मूल्य २५ सय नाघ्यो

नेप्सेमा झिनो अङ्कको गिरावट, चन्द्रागिरीको सेयर मूल्य २५ सय नाघ्यो


  • 7.4K
    Shares

    नेप्सेमा झिनो अङ्कको गिरावट, चन्द्रागिरीको सेयर मूल्य २५ सय नाघ्यो
    images

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधवार झिनो अङ्कको गिरावट देखिएको छ ।

    नयाँ रेकर्ड बनाउँदै हाल सम्मकै उच्च २६९४ बिन्दुमा पुगेको नेप्से कारोबार बन्द हुँदा २६७१ दशमलव ६१ अङ्कमा रोकिएको छ । यो सँगै नेप्से परिसूचक अघिल्लो दिनको भन्दा २.८५ अंकले तल झरेको छ। 

    बुधवार ७ अर्व माथिको कारोबार हुँदा एक करोड ६३ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको हो । आजको कारोबारबाट नेप्सेमा सूचीकृत ८२ कम्पनीका लगानीकर्ताले कामै भने ८७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । नेप्सेका अनुसार ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

    आज नेप्सेमा सामान्य करेक्सन देखिए पनि अझै केहि दिन शेयर बजार सकारात्मक नै विश्लेषकहरूको भनाई रहेको छ। 

    महिला लघुवित्त वित्तिय संस्था, चन्द्रागिरी हिल्स र एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य  सबैभन्दा बढेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्यले २ हजार ५ सय ७८ रुपैयाँ पुगेको छ । 

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १६:२१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij