Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

गोरो वर्णको श्रीमान् श्रीमतीबाट कालो वर्णको बच्चा जन्मिएपछि...

गोरो वर्णको श्रीमान् श्रीमतीबाट कालो वर्णको बच्चा जन्मिएपछि...


  • 6.3K
    Shares

    गोरो वर्णको श्रीमान् श्रीमतीबाट कालो वर्णको बच्चा जन्मिएपछि...
    images

    कालो रङको छाला भएको बच्चा जन्मिएपछि एक चिनियाँ महिलाको दाम्पत्य जीवनमा खलल पुगेको छ । ती महिलाको वैवाहिक सम्बन्ध विच्छेद हुने चरणमा छ ।

    चाइना टाइम्स पत्रिकाका अनुसार चीनको सांघाइमा बस्ने एक ३० वर्षीया महिलाले शंकास्पद रुपमा कालो छाला भएको बच्चा जन्माएपछि उनका पतिले बच्चाको पितृत्व परीक्षण गर्न लगाएका थिए । सामाजिक सञ्जालमा आफ्नो पीडा पोख्न बाध्य भएकी ती महिलाले त्यस्तो विषम परिस्थितिलाई कसरी सम्हाल्ने भनेर सल्लाह मागेकी छिन् ।

    ती महिलाका अनुसार छोरा जन्मिएसँगै जब उनको पति नबजात छोरालाई पहिलोपटक हेर्न आए तब उनी हेरेको हेर्‍यै भए । छोराको छालाको रंग आफूसँग नमिलेपछि उनका लोग्नेलाई छोरालाई उचाल्न अस्वीकार गरे । त्यतिमात्र होइन उनले बच्चाको पितृत्व परीक्षण गरेर उक्त बच्चाको पिता आफू नै भएको कुरा प्रमाणित गर्न पत्नीलाई आदेश दिए ।

    उक्त बच्चा पतिकै हो भन्नेमा उनी ढुक्क भएर पितृत्व परीक्षण गराउन राजी भएता पनि पतिले आफूमाथि गरेको अविश्वासले उनी मर्माहत भएको र आफूहरुको दाम्पत्य सम्बन्ध एक हिसाबले टुंगिइसकेको उनको भनाइ छ ।

    आफ्नो नवजात शिशुको छालाको रंग आफू र पतिकोभन्दा भिन्न अर्थात् कालो भएपछि सुरुमा आफूलाई पनि बच्चा समाउनै असजिलो लागेको तर आफू कहिल्यै पनि अफ्रिका नगएको र कुनै पनि कालो वर्णका मानिसलाई नचिनेको सोसल साइट विबोमा बताएकी छिन् ।

    ती महिलाको सोसल मिडिया पोस्टमा विभिन्न खालका प्रतिक्रिया तथा सुझावहरु आएका छन् । बच्चाको छालाको रंग बाउआमाको भन्दा फरक हुनु सामान्य भएको कतिपयको भनाइ छ भने कतिपयले जन्मिंदा बच्चाको छाला कालो भएपनि हुर्किंदै जाँदा फिक्का बन्दै जाने तर्क गरेका छन् ।

    पत्नीमाथि शंका गर्ने ती महिलाका पतिलाई धेरैले आलोचना गरेका छन् र पितृत्व परीक्षणको रिपोर्ट आएसँगै पतिसँगको सम्बन्धबारे गम्भीर रुपमा समीक्षा गर्न केहीले सुझाव दिएका छन्।

    प्रकाशित मिति :कार्तिक २५ २०८१ आइतवार - ०८:०७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij