Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा कामना सेवा विकास बैंकको सरसफाई अभियान

१८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा कामना सेवा विकास बैंकको सरसफाई अभियान


  • 2.0K
    Shares

    १८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा कामना सेवा विकास बैंकको सरसफाई अभियान

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

    धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै बैंकले मन्दिरहरूको सरसफाई र संरक्षणका लागि देशव्यापी रुपमा मठमन्दिर, पार्क सरसफाई साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

    Cleanliness 1.jpeg“साँस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रा कर्तव्य हो” भन्ने बोध गर्दै, कामना सेवा विकास बैंकले विभिन्न मन्दिर क्षेत्रको बाह्य सफाई तथा मन्दिर परिसरमा भएका अव्यवस्थित वस्तुहरू हटाउने कार्य सम्पन्न गरेको छ ।

    उक्त कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु तथा अन्य कर्मचारीको उपस्थिती रहेको थियो । बैंकले यस कार्य मार्फत धार्मिक स्थलहरूको दिगो र दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरेको छ ।

    प्रकाशित मिति :कार्तिक २२ २०८१ बिहिवार - १८:२७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij