Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

भृकुटीमण्डपमा अतिरुद्र विश्वकल्याण महायज्ञ सुरु

भृकुटीमण्डपमा अतिरुद्र विश्वकल्याण महायज्ञ सुरु


  • 1.7K
    Shares

    भृकुटीमण्डपमा अतिरुद्र विश्वकल्याण महायज्ञ सुरु
    images

    काठमाडौं ।  दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ आजदेखि सुरु भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनद्वारा आयोजित महायज्ञ नेपाली कर्ताकै सहयोगबाट भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । 

    महायज्ञ भावातित ध्यान एवं सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट सुरु भएको हो । यसरी नेपालमा पहिलो अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए ।

    “यज्ञ र योगलाई संसारभरमा शान्ति स्थापना गर्ने माध्यमका रूपमा अगाडि सारिएको छ । यसबाट नेपालसहित विश्वभर शान्ति, सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने । फाउन्डेसनले विसं २०७० देखि देशभरका करिब १०० वैदिक गुरुकुलमा भावातित ध्यान एवं सिद्धि साधनासहित यज्ञ गर्दै आइरहेको छ । महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित बुधबार शोभायात्रा गरिएको थियो ।  

    विज्ञान महासम्मेलन हुने
    महायज्ञकै दौरानमा तीन दिने वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन सुरु हुँदैछ । महासम्मेलनमा युरोप अमेरिकालगायत देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

    भृकुटीमण्डपमा बुधबारदेखि २५ गतेसम्म आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गरिएको छ । मेलामा ५० अग्र्यानिक तथा प्राकृतिक उत्पादनका कक्ष राखिएको छ । नेपालको अग्र्यानिक तथा प्राकृतिक कृषि उपजको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा मेलाले टेवा पुग्ने मेलाका संयोजक शान्ता बाँस्कोटा कोइरालाले जानकारी दिइन् । 

    उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको उनले सुनाए । मेलामा करिब रु ३० लाख खर्च हुने र झन्डै रु एक करोडको कारोबार हुने अनुमान गरिएको छ । मेला सञ्चालनका लागि फाउन्डेसनको सहयोग रहेको जनाइएको छ ।

    प्रकाशित मिति :कार्तिक २२ २०८१ बिहिवार - १५:२०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij