Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भारतीय लोक गायिका शारदा सिन्हाको निधन

भारतीय लोक गायिका शारदा सिन्हाको निधन


  • 1.9K
    Shares

    भारतीय लोक गायिका शारदा सिन्हाको निधन
    images

    काठमाडौं  ‘नाइटिङगेल अफ बिहार’ भनेर चिनिने भारतीय लोक गायिका शारदा सिन्हाको निधन भएको छ। 

    भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको एम्स अस्पतालमा ७२ वर्षको उमेरमा मंगलबार राति उनको निधन भएको हो। 

    पद्मभूषण र पद्मश्रीबाट सम्मानित सिन्हा केही दिनदेखि एम्स अस्पतालमा उपचार गराइरहेकी थिइन्। शारदा सिन्हाका छोरा अंशुमान सिन्हाले सोसल मिडिया प्लेटफर्ममार्फत आमाको निधनको जानकारी दिएका छन्। 

    डेढ महिनाअघि सेप्टेम्बर २२ मा शारदा सिन्हाका श्रीमान् बृजकिशोर सिन्हाको ब्रेन हेमरेजका कारण निधन भएको थियो।गायिका सिन्हाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

    प्रकाशित मिति :कार्तिक २१ २०८१ बुधवार - १२:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij