Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

दोस्रो स्वीङ स्टेटमा पनि ट्रम्पको जित, ट्रम्प २४६, ह्यारिस २१०

दोस्रो स्वीङ स्टेटमा पनि ट्रम्पको जित, ट्रम्प २४६, ह्यारिस २१०


  • 2.0K
    Shares

    दोस्रो स्वीङ स्टेटमा पनि ट्रम्पको जित, ट्रम्प २४६, ह्यारिस २१०
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् ।

    बीबीसीका अनुसार ट्रम्पले जर्जिया पनि जितेका छन् । त्यसअघि उनले नर्थ क्यारोलिनामा पनि जितेका थिए । एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलताले ट्रम्प समर्थकमा खुसियाली छाएको छ ।

    यससँगै ट्रम्पले २४६ इलेक्ट्रोरल भोट पाएका छन् । यो राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने भोटमध्ये जम्मा २४ कम हो । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले १८७ इलेक्ट्रोरल भोट पाएकी छन् ।

    जनसंख्याको आधारमा अमेरिकाका ५० राज्यहरुमा इलेक्टोरल कलेज भोट दिने गरिन्छ । कूल ५३८ इलेक्टोरल कलेज भोटका लागि अमेरिकामा निर्वाचन हुने गर्दछ । कूल २७० इलेक्टोरल कलेज भोट पाउने उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।   एजेन्सी 

     

     

    प्रकाशित मिति :कार्तिक २१ २०८१ बुधवार - १२:१०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij