Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अमेरिका निर्वाचनः ३० राज्यको नतिजा आउँदा को अगाडि होला त ?

अमेरिका निर्वाचनः ३० राज्यको नतिजा आउँदा को अगाडि होला त ?


  • 1.7K
    Shares

    अमेरिका निर्वाचनः  ३० राज्यको नतिजा आउँदा को अगाडि होला त ?
    images

    काठमाडौं । अमेरिका राष्ट्रपति चुनावमा मतगणनाको नतिजा आइरहेको छ । ५० राज्यमध्ये ३० राज्यको नतिजा आइसकेको छ ।

    नतिजा आएको मध्ये २० मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १० मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जित हासिल गरेकी छन् । अहिलेसम्मको मतगणनामा यसअघि अनुमान गरिएको भन्दा केही फरक परिणाम नआएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् ।

    डेमोक्रेटिक पार्टीको राम्रो मानिएको ब्लू स्टेटमा ह्यारिसले जित हासिल गरेकी छन् । रिपब्लिकनको राम्रो मानिएको रेड स्टेटमा ट्रम्पले जितिरहेका छन् ।

    निर्णायक मानिएको ७ स्वीङ स्टेटको नतिजा नआएसम्म नतिजा कसको पक्षमा जान्छ भन्न नसकिने अमेरिकी सञ्चार माध्यमहरूले खबर लेखेका छन् । ती स्टेटमा दुई उम्मेदवारबीच मतान्तर निकै कम रहेको छ । यहाँ नतिजा जहाँ पनि जान सक्छन् । अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । बहुमतका लागि २७० सिट जित्नुपर्ने हुन्छ ।

    यदि चुनावी परिणाम दुवैको पक्षमा नआएको खण्डमा नतिजाको लागि सर्वोच्च अदालत पुग्नुपर्ने हुनसक्छ । यदि दुई उम्मेदवारको बीचमा मतान्तर निकै कम भएमा सर्वोच्च अदालतले अन्तिम फैसला दिनुपर्ने हुन्छ ।

    चुनावसम्बन्धी धेरैजसो मुद्दाहरू सर्वोच्च अदालतसम्म पुग्दैनन् । तर निर्वाचनसम्बन्धी ठूलै बहस सर्वोच्चसम्म पुग्छ नै । सन् २००० मा भएको चुनावी विवाद सर्वोच्चसम्म पुगेको थियो । त्यो चुनावमा फ्लोरिडामा कुनै पनि एक पार्टीले स्पष्ट बहुमत ल्याउन सकेको थिएन ।

    सर्वोच्चमा पुगेको उक्त विवादको फैसला रिपब्लिकन पार्टीको पक्षमा आएको थियो ।

    राष्ट्रपति चुनावसँगै भइरहेको संसदीय चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीले अग्रता कायम गरिरहेको छ । यो चुनावमा ट्रम्पले जितेमा ४ वर्षपछि पुनः ह्वाइटहाउस फर्कनेछन् ।  ह्यारिसले जितेमा पहिलो अमेरिकी महिला राष्ट्रपतिको इतिहास बनाउनेछिन् । पछिल्ला ५ चुनावमा ३ वटा जित डेमोक्रेटिक पार्टीले निकालेको छ ।

    प्रकाशित मिति :कार्तिक २१ २०८१ बुधवार - ११:३०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij