Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

धर्म संस्कृती

काठमाडौंका ८ स्थानमा छठ पूजाको यसरी हुँदै तयारी

काठमाडौंका ८ स्थानमा छठ पूजाको यसरी हुँदै तयारी


  • 1.7K
    Shares

    काठमाडौंका ८ स्थानमा छठ पूजाको यसरी हुँदै तयारी
    images

    काठमाडौं । काठमाडौं  ८ स्थानमा छठ पर्व मनाइने भएको छ ।

    काठमाडौं महानगरपालिकाका अनुसार गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट,  बालाजु बाइसधारा, धौखेल खोला,  कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाइन लागिएको हो । 

    काठमाडौं  महानगरपालिकाका मेयर बालेन शाहले सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरले काठमाडौँका ८ स्थानमा छठ व्यवस्थापनका लागि काम गर्दै आएको बताए ।

    महानगरपालिकाले उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको उनले बताए । 

    आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाई व्रतालुले त्यही खीर खानेछन्। यो विधिलाई ‘खरना’ भनिन्छ। आज दिनभरि उपवास बस्ने व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्छन्।

    प्रकाशित मिति :कार्तिक २१ २०८१ बुधवार - १०:५१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij