Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अमेरिकी राष्ट्रपति निर्वाचनको लागि उम्मेदवार दिने कमला भारतीयमूलकी हुन त ?

अमेरिकी राष्ट्रपति निर्वाचनको लागि उम्मेदवार दिने कमला भारतीयमूलकी हुन त ?


  • 1.6K
    Shares

    अमेरिकी राष्ट्रपति निर्वाचनको लागि उम्मेदवार दिने कमला भारतीयमूलकी हुन त ?
    images

    नयाँदिल्ली । अमेरिकामा राष्ट्रपति चुनावका लागि मतदान सुरु हुन लाग्दैछ । त्यसअघि उम्मेदवारहरू डोनाल्ड ट्रम्प र कमला ह्यारिसले जोडतोडले प्रचारसहित जनमत आफूतिर तान्ने कोसिस गरिरहेका छन् ।

    अमेरिकामा मतदान सुरु हुनुअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको ‘भारत कनेक्सन’बारे जानौँ । कमला नाम नेपालमा चर्चित छ । यहाँका धेरै महिलाको नाम कमला राखिएको छ । तर खासमा कमला ह्यारिसको सम्बन्ध भारतको दक्षिणी राज्य तामिलनाडुसँग जोडिएको छ ।

    उनको पुर्ख्यौली थलो तमिलनाडुको थुलासेन्द्रापुरम गाउँ हो । जहाँ उनको समर्थनमा स्थानीयले पोस्टरसमेत लगाएका छन् ।

    कमला ह्यारिसका हजुरबा र हजुरआमा भारतको दक्षिणी सहर चेन्नईबाट करिब ३ सय किलोमिटर टाढाको एउटा सानो गाउँ थुलासेन्द्रापुरममा बस्दै आएका छन् ।

    अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसको भिडन्त पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग भइरहेको छ ।

    कमला ह्यारिस अहिले अमेरिकाको उपराष्ट्रपति पदमा छिन् । वर्तमान राष्ट्रपति जो बाइडेनले मैदान छाडेपछि ह्यारिसलाई डेमोक्रेटिक पार्टीले उम्मेदवार बनाएको हो ।

    अमेरिकाका धेरैजसो क्षेत्रमा नेपाली र भातरीय समयअनुसार मतदान मंगलबार साँझ करिब साढे चार बजे सुरु हुनेछ । यो मतदान प्रक्रिया बुधबार बिहान करिब ६ बजेसम्म जारी रहनेछ ।

    कमला ह्यारिस पुर्ख्यौली विरातस भारतीय परम्परासँग जोडिएको छ। भारतीय पत्रिका ‘द हिन्दू’ मा छापिएको एक समाचार अनुसार आमाको मृत्युपछि कमला हिन्दू रीतिरिवाजअनुसार उनको अस्तु समुद्रमा प्रवाहित गर्न बहिनीसँग भारतको चेन्नई आएकी थिइन् ।

    कमला सन् २०२१ मा अमेरिकाकी पहिलो महिला, पहिलो कालो वर्णकी र दक्षिण एशियाली मूलकी उप-राष्ट्रपति बनेर इतिहास बनाएकी थिइन् ।

    कमला तमिलनाडुकी ‘ब्रेस्ट क्यान्सर रिसर्चर’ श्यामला गोपालन १९५८ मा १९ वर्षकी हुँदा भारतबाट अमेरिका गएकी थिइन् । त्यसपछि उनले डोनाल्ड जे ह्यारिससँग बिहे गरेकी थिइन् । अमेरिकामा श्यामलाले डोनाल्ड जे ह्यारिससँग बिहे गरेपछि सन् १९६० मा कमलाको जन्म भएको थियो ।

    कमलाले सन् २०२३ मा आफ्नी आमाबारेमा एउटा ट्विट गरेकी थिइन् । ‘१९ वर्षको उमेरमा मेरी आमा श्यामला भारतबाट एक्लै अमेरिका पुगेकी थिइन् । उनी एक शक्ति थिइन्( एक वैज्ञानिक, सामाजिक अधिकारसम्बन्धी अभियन्ता आमा थिइन् । जसले दुई छोरीलाई आफ्नो गर्भबाट जन्म दिइन् ।’

    कमला ह्यारिस भारतमा एक विशिष्ट परिवारसँग जोडिएकी थिइन् । उनका मामा गोपालन बालाचन्द्रन एक विद्वान व्यक्तिका रुपमा चर्चित थिए ।

    प्रकाशित मिति :कार्तिक २० २०८१ मंगलवार - १६:५१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij