Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सनी लियोनीले फेरि गरिन् बिहे

सनी लियोनीले फेरि गरिन् बिहे


  • 2.1K
    Shares

    सनी लियोनीले फेरि गरिन् बिहे
    images

    नयाँ दिल्ली । बलिउड अभिनेत्री सनी लियोनीले दोस्रो पटक बिहे गरेकी छिन् । दोस्रो पटकको बिहेमा भने उनले पहिलो पतिसँगै  सँगै मर्ने बाँच्ने कसम दोहोर्‍याएकी छिन् ।

    सन्नी र ड्यानियलले सन् २०११ मा विवाह गरेका थिए । बिहेको १३ औँ वार्षिकोत्सवमा ३१ अक्टोबरमा जोडीले माल्दिभ्समा फेरि विवाह गरेका थिए । तर, सन्नी र डेनियल दुवैले बिहेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छैनन् ।

    भारतीय सञ्चार माध्यममा छापिएका खबरका अनुसार बिहेमा दम्पतीका छोराछोरी निशा, नोआ र आशर मात्र उपस्थित थिए । मिडिया रिपोर्टका अनुसार शिख परम्परा अनुसार बिहे गरेको १३ वर्षपछि सन्नी र डेनियलले श्वेत वेडिङ रोजेका थिए ।

    दुईले आफ्नो वैवाहिक वाचा बन्धन फेरि दोहोर्‍याउन चाहेका थिए, तर आफ्ना छोराछोरीले यो समारोहको महत्त्व बुझुन् भनेर उनीहरूले कुरिरहेका थिए ।

    सन्नी लियोन र ड्यानियल वेबरले बिहेको लागि मालदिभ्स रोजेका थिए । यो उनीहरूको परिवारको मनपर्ने छुट्टी मनाउने ठाउँ भएकोले पनि यही ठाउँ रोजिएको बताइएको छ । दम्पतीले आफूहरू स्वयम्ले लेखेका वाचा पढ्दै तीनै जना छोराछोरीलाई आफ्नो लागि परिवारको महत्त्व के छ भन्ने बताएको पनि खबरमा भनिएको छ ।

    डेनियलले सन्नीलाई लगाइदिए नयाँ औँठी

    डेनियलले सन्नीलाई नयाँ औँठी लगाइदिएका छन् । लामो समयसम्म डेटिङ गरेपछि सन्नी लियोनीले सन् २०११ को अप्रिल ९ मा डेनियल वेबरसँग विवाह गरेकी थिइन् । त्यसपछि दुवैले सन्नीको सिख परम्पराअनुसार बिहे गरेका थिए ।

     

    प्रकाशित मिति :कार्तिक २० २०८१ मंगलवार - ०७:४७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij