२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने भएको छ ।
आज (आइतवार) बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले नगद लाभांश वितरण गर्न लागेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस वर्ष कम्पनीको लाभांश घटेको हो ।
गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij