Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सानिमा बैंकले लाभांश पारित गर्दै, बोलायो बार्षिक साधारण सभा

सानिमा बैंकले लाभांश पारित गर्दै, बोलायो बार्षिक साधारण सभा


  • 1.5K
    Shares

    सानिमा बैंकले लाभांश पारित गर्दै, बोलायो बार्षिक साधारण सभा

    काठमाडौँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

    बैंकले मंसिर ४ गते, मंगलबार, आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २ज्ञ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रकाशित मिति :कार्तिक १५ २०८१ बिहिवार - ०९:०९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij