Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश

गण्डकीका भौतिक मन्त्रीको सम्पत्ति : ५ सेट हिरा, ९५ तोला सुनसहित करोडौँ पर्ने जग्गा

गण्डकीका भौतिक मन्त्रीको सम्पत्ति : ५ सेट हिरा, ९५ तोला सुनसहित करोडौँ पर्ने जग्गा


  • 2.3K
    Shares

    गण्डकीका भौतिक मन्त्रीको सम्पत्ति : ५ सेट हिरा, ९५ तोला सुनसहित करोडौँ पर्ने जग्गा

    काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी पनि धनी मन्त्रीमै दरिएका छन् । प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको कराडौंको सम्पत्ति देखिएको हो ।

    मन्त्री केसीसँग पनि पोखरा र ललितपुरमा घरजग्गा छन् । उनको पोखरा १२ मा २ ठाउँमा घरजग्गा छ भने ललितपुर-२ मा पनि उनको घरजग्गा छ । पोखरा-१२, पोखरा-१४, पोखरा वडा नम्बर ६, २३, २४, २९ मा उनको करोडौँ पर्ने जग्गाहरू छन् ।

    उनीसँग ५ सेट हिरा, ९५ तोला सुन, सवा ११ किलो चाँदी छ । उनले करिब ८० लाख ऋण देखाएका छन् । गण्डकी हाइड्रोमा १ करोड ८० लाख, युनिफाइड हाइड्रोमा ५६ लाख रहेको खुलाएका छन् । माछापुच्छ्रे बैंकमा शेयर रहेको बताए पनि रकम भने उनले खुलाएका छैनन् । श्रीवृद्धि सहकारी र वाराही प्रसारण प्रालिमा उनले शेयर रहेको खुलाएका छन् ।

    १ करोड ९ लाख रुपैयाँ त उनले विभिन्न व्यक्तिलाई ऋण नै दिएका छन् । उनले पोखरा १२ को घरबाट मासिक ५ लाख रुपैयाँ बहालमार्फत प्राप्त हुने बताएका छन् ।

    आफैँले तोकेको समयसीमा कटेपछि उनीहरूले बल्ल बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी आचारसंहिता जारी गरेको थियो ।

    पछिल्लो पटक जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारका ९ जना नै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने २ दिनअघि बसेको मन्त्रीपरिषद्ले निर्णय गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक १४ २०८१ बुधवार - १३:५७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij