Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सानिमा बैंकका ग्राहकहरूले तिहारको अवसरमा बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने

सानिमा बैंकका ग्राहकहरूले तिहारको अवसरमा बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने


  • 2.0K
    Shares

    सानिमा बैंकका ग्राहकहरूले तिहारको अवसरमा बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने

    काठमाडौं । सानिमा बैंक लिमिटेडका ग्राहकहरूले तिहारको अवसरमा बिग मार्टमा विशेष छुट पाउने भएका छन् ।

    बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट मेगा मार्ट प्रा.लि. सँग छुटको व्यवस्था गरेको हो ।

    उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिटरक्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर कार्तिक १५ देखि कार्तिक १८ सम्म लागू रहनेछ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् ।

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । 

    प्रकाशित मिति :कार्तिक १४ २०८१ बुधवार - १३:२१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij