Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चीनका कान्छा अन्तरिक्षयात्री पुगे अन्तरिक्ष

चीनका कान्छा अन्तरिक्षयात्री पुगे अन्तरिक्ष


  • 1.8K
    Shares

    चीनका कान्छा अन्तरिक्षयात्री पुगे अन्तरिक्ष
    images

    बेइजिङ । तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ अन्तरिक्ष यान अन्तरिक्षमा पुगेको छ ।

    ६ घण्टा भन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेसनमा पुगेको थियो । तीन जनाको सो समूहमा चीनकी पहिलो महिला अन्तरिक्ष इन्जिनियर पनि छिन् । एक जना भने चीनको अहिलेसम्मकै कान्छा अन्तरिक्षयात्री हुन् ।

    ६ महिनासम्म ती तीन जना चीनको आफ्नै अन्तरिक्ष स्टेसनमा बस्नेछन् । यस क्रममा केही परीक्षण र स्पेश वाक गरिनेछ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री उतार्ने मिशनमा काम गरिरहेको छ । यसअघि उसले अन्तरिक्षमा पर्याप्त अनुभव र ज्ञान बटुल्न खोजिरहेको छ ।

    चीनले शेन्चाउ १९ लाई पूर्णतः सफल घोषित गरेको छ । यतिबेला चीनले अन्तरिक्षमा अमेरिकी प्रभुत्व तोड्ने प्रयास तीव्र पारिरहेको छ । गोबी मरुभूमिबाट चीनले शेन्चाउ १९ प्रक्षेपण गरेको थियो ।

    यस क्रममा सयौँ सर्वसाधारण प्रक्षेपणस्थलमा उपस्थित थिए । २ वर्ष अघि मात्रै चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तरिक्षको न्वेषा, स्पेश उद्योगको विकास र चीनको आफ्नै अन्तरिक्ष ताकतको निर्माण गर्ने घोषणा गरेका थिए ।

    तर केही अमेरिकीहरूले चीनको सो महत्त्वाकाङ्क्षा र तीव्र गतिमा भइरहेको प्रगतिलाई वास्तविक खतराको रूपमा हेरेका थिए । यो वर्षको सुरुमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रमुख बिल नेल्सनले अमेरिका र चीन चन्द्रमामा फर्किने दौडमा रहेका बताएका थिए ।

    प्रकाशित मिति :कार्तिक १४ २०८१ बुधवार - ११:२५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij