२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नबिल बैंक लिमिटेडले शेयरधनीलाई दिन लाभांश घोषणा गरेको छ ।
बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकका शेयरधनीले प्रतिकित्ता १० रुपियाँका दरले नगद लाभांश पाउने छन् । यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले घोषणा गरेको यो लाभांश हालसम्मकै कम हो । बैंकले गत वर्ष ११ प्रतिशत नगद लाभांश दिएको थियो भने अघिल्लो वर्ष ११।५ प्रतिशत नगद र १८।५० प्रतिशत बोनससहित कुल ३० प्रतिशत लाभांश दिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij