Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सलमान खानलाई धम्क्याउने व्यक्ति पक्राउ

सलमान खानलाई धम्क्याउने व्यक्ति पक्राउ


  • 1.8K
    Shares

    सलमान खानलाई धम्क्याउने व्यक्ति पक्राउ
    images

    नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई धम्की दिएको आरोपमा मुम्बई प्रहरीले नोएडाबाट एक आरोपीलाई पक्राउ गरेको छ । आरोपी युवक नोएडाको गौतम बुद्ध नगरमा सिकर्मीको काम गर्ने बताइएको छ । युवकको पहिचान १८ वर्षका मोहम्मद तैयबको रूपमा गरिएको छ । उनी दिल्लीमा बस्छन् ।

    जानकारीका अनुसार अभियुक्त युवकले मुम्बई प्रहरीको कन्ट्रोल रुममा ‘म सलमान खानलाई छोड्ने छैन’ भन्दै टेक्स्ट म्यासेज गरेका थिए । धम्की पाएपछि मुम्बई प्रहरीले यो विषयलाई गम्भीरतापूर्वक लिएको छ । त्यसपछि मोबाइल नम्बरबाट धम्की दिने व्यक्तिको खोजी सुरु भयो । जब युवकको लोकेसन युपीमा रहेको थाहा भयो, मुम्बई पुलिसले यूपी पुलिस मुख्यालयलाई जानकारी दियो ।

    यसपछि मंगलबार आरोपीलाई मुम्बईको बान्द्रा प्रहरीले नोएडाको सेक्टर ३९ थाना क्षेत्रबाट पक्राउ गरियो । पक्राउ पर्दा अभियुक्तसेक्टर ९२ को एक घरमा सिकर्मीको काम गरिरहेका थिए । एसीपी नोएडा प्रवीण कुमार सिंहले आरोपीलाई पक्राउ गरेको पुष्टि गरेका छन् । बरेलीका मोहम्मद तैयब दिल्लीमा काकासँग बस्दै आएका थिए ।

    मुम्बई प्रहरीले आरोपी युवकलाई सुरजपुर अदालतमा लगेको छ, उनलाई अदालतमा पेस गरेपछि प्रहरीले ट्रान्जिट रिमाण्डको माग गर्नेछ । त्यसपछि उनलाई रिमाण्डमा मुम्बई लगिनेछ । नोएडा पुलिसले अनुसन्धानको बारेमा आधिकारिक रूपमा केही बोलेको छैन । मुम्बई प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ । स्रोतका अनुसार मुम्बई पुलिसको टोली दिल्लीस्थित आरोपीको काकाको घरमा छापा मारिरहेका छन् । एजेन्सी

     

     

    प्रकाशित मिति :कार्तिक १३ २०८१ मंगलवार - १४:३२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij