Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

जापानमा सत्तारूढ दलले १५ वर्षपछि गुमायो बहुमत

जापानमा सत्तारूढ दलले १५ वर्षपछि गुमायो बहुमत


  • 1.1K
    Shares

    जापानमा सत्तारूढ दलले १५ वर्षपछि गुमायो बहुमत
    images

    काठमाडौं । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) बहुमत ल्याउन असफल भएको छ । एलडीपीले १९१ सिट पाउँदा ६५ सिट गुमाएको छ । जुन पछिल्ला १५ वर्ष यताकै खराब नतिजा हो ।

    एलडीपी र उसको सहयोगी दल कोमेटोले कुल २१५ सिट पाएका छन् । सरकार चलाउन २३३ सिट चाहिन्छ । सबैभन्दा ठूलो विपक्षी दल सीडीपीले १४८ सिट जितेको छ ।

    जापानका प्रधानमन्त्री शिगेरु इसिबाले गत महिना पार्टी अध्यक्ष पदका लागि चुनाव जितेका थिए । त्यसपछि उनी प्रधानमन्त्री बने । इसिबाले चुनाव गराउने घोषणा गरेका थिए ।

    चुनावी नतिजापछि जापानका प्रधानमन्त्री इसिबाले नतिजा आफ्नो पक्षमा नआएको बताएका छन् ।

    चुनावअघि जापानी सञ्चारमाध्यममा एलडीपीले बहुमत नआए प्रधानमन्त्री इसिबाले राजीनामा दिन सक्ने दाबी गरिएको थियो । राजीनामा दिएको भए उनी दोस्रो विश्वयुद्धपछि सबैभन्दा छोटो अवधिको लागि प्रधानमन्त्रीको पदमा रहने व्यक्ति बन्ने थिए । तर, इसिबाले आफू पदमै रहने बताएका छन् ।

    एलडीपीले सन् २००९ पछि पहिलोपटक बहुमत पाउन असफल भएको हो । बीबीसीका अनुसार, बहुमत हासिल गर्न नसक्नुको कारण एलडीपी नेताहरू धेरै घोटालामा फसेका छन् । यही कारण एलडीपीको लोकप्रियता लगातार घट्दै गएको छ ।

    एनएचके न्युजका अनुसार, यसपटक महिलाहरू जापानमा कीर्तिमानी संख्यामा सांसद बन्न सफल भएका छन् । यसपटक ४६५ सिट भएको सदनमा ७३ महिला विजयी भएका छन् । सन् २०२१ को चुनावमा ४५ महिलामात्रै विजयी भएका थिए ।

    प्रकाशित मिति :कार्तिक १२ २०८१ सोमवार - १७:२१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij