२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कुल ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । यस समयमा यी बीमा कम्पनीहरूले १ करोड ३३ लाख ३५ हजार ९९८ वटा बीमालेख जारी गरेका छन् ।
सबैभन्दा धेरै नेपाल लाइफले, कम सन नेपाल लाइफले
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ११ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २९ दशलमव १९ प्रतिशत हिस्सा ओगटेको छ ।
यस अवधीमा सबैभन्दा कम सन नेपाल लाइफकुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ९३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यसले कुल जीवन बीमा क्षेत्रको २ दशलमव २७ प्रतिशत हिस्सा ओगटेको छ ।
अन्य कुन कम्पनीले कति कमाए ?
दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ४ अर्ब ९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ११ दशलमव ९४ प्रतिशत हिस्सा ओगटेको छ ।
तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ११ दशलमव १३ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यस्तै, हिमालयन लाइफले ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको १० दशलमव ४९ प्रतिशत हिस्सा ओगटेको छ ।
सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ६ दशलमव ०८ प्रतिशत हिस्सा ओगटेको छ ।
एशियन लाइफले २ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव ९६ प्रतिशत हिस्सा ओगटेको छ ।
सिटिजन लाइफले १ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव २५ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसैगरी सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ८३ प्रतिशत हिस्सा ओगटेको छ ।
मेट लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ५१ प्रतिशत हिस्सा ओगटेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ४२ प्रतिशत हिस्सा ओगटेको छ ।
यता प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ०२ प्रतिशत हिस्सा ओगटेको छ ।
आइएमई लाइफले १ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ९६ प्रतिशत हिस्सा ओगटेको छ ।
रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ९४ प्रतिशत हिस्सा ओगटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij